राष्ट्रिय जनमत पार्टी निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह ‘डोजर’

काठमाडौँ । राष्ट्रिय जनमत पार्टी मंगलबार काठमाडौँको कान्तिपथस्थित निर्वाचन आयोगमा दर्ता भएको छ। सो पार्टीका नेताहरू आयोगको मुख्यालय पुगेर दल दर्ताको प्रमाणपत्र लिएका छन्। मधेसका समस्या समाधान गर्न केन्द्रित उद्देश्यसहित दल दर्ता गरिएको पार्टीका नेता इरफान हमसेखले बताए। उनका अनुसार मधेसका समस्याहरू पहिल्यै चिन्हित भएको र त्यही समस्याको अन्त्यका लागि आफूहरूले पार्टी गठन गरेको हुन्। […]