पाल्पा । रैनादेवी छहरा गाउँपालिकामा खोलाले बगाउँदा दुई युवाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रैनादेवी छहरा गाउँपालिका–७ जोगदमारका ३२ वर्षीय विपिन पोखरेल र २३ वर्षीय प्रवीन पुनको खोलाले बगाएर मृत्यु भएको हो। उनीहरू रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीतर्फ जाँदै गरेको लु २९ प ९८७६ नम्बरको मोटरसाइकलमा सवार थिए। सोमबार साँझ करिब ६ बजेदेखि […]