गुल्मी-२ रास्वपाको अग्रता, कडा प्रतिस्पर्धाबीच पछाडि परे एमालेका गोकर्ण विष्ट

काठमाडौँ – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एमाले)बीच कडा प्रतिस्पर्धा देखिएको छ । निर्वाचन आयोगले दिएको पछिल्लो मत परिणाम अनुसार पहिलो स्थानमा रहेका रास्वपाका गोविन्द पन्थीले १६ हजार ६८१ मत पाउँदा एमालेका विष्टले १५ हजार ९९९ मत पाएका छन् । विष्ट भन्दा पन्थी ६८२ मतले अगाडि छन् । […]