काठमाडौँ। आज (मंगलबार) पनि नेप्से २०.७५ अंकले घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा नेप्से ०.७७ प्रतिशतले घट्दै २६४२.१५ विन्दुमा अडिएको छ। नेप्से सोमबार ८.१६ अंकले घटेको थियो। आइतबार शिवरात्रिको बिदाका कारण नेप्से बन्द थियो। मंगलबार सेन्सिटिभ इन्डेक्स पनि २.९९ अंकले घटेर ४५२.६७ विन्दुमा रोकिएको छ। सेन्सेटिभ इन्डेक्स अघिल्लो कारोबार दिनको तुलनामा ०.६५ प्रतिशतले घटेको हो। […]