एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै

काठमाडौँ, ४ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनःगठनका लागि गठित कार्यदलको एकीकृत प्रतिवेदन ल्याउन नेताहरूबीच सहमतिको प्रयास जारी रहेको छ । कार्यदलमा रहेका पदाधिकारीबीच गत भदौ २८ गते काभ्रेपलाञ्चोकको बल्थलीमा भएको छलफलका आधारमा प्रतिवेदनलाई एकीकृत गर्न लागिएको हो । कार्यदलको आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा भएको बैठकमा सहमतिका […]