काठमाडौं । यमनमा सरकार समर्थित सेना र इरान समर्थित हुथी विद्रोहीबीच द्वन्द्व चर्किँदा मानवीय संकट गहिरिँदै गएको छ। संयुक्त राष्ट्रसंघका अनुसार पछिल्लो समय करिब ७६ हजार मानिस विस्थापित भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले यमनमा तीव्र रूपमा मानिसहरू विस्थापित भइरहेकामा चिन्ता व्यक्त गरेको छ। सुरक्षित स्थानको खोजीमा मानिसहरू घर छाडेर अन्यत्र जान बाध्य भएका छन्। आईओएमका अनुसार विस्थापनका घटना विशेषगरी यमनको पश्चिमी तटीय क्षेत्र र ताइज प्रान्तमा बढी देखिएका छन्। ताइज प्रान्तका विभिन्न क्षेत्रमा मात्रै करिब ८ हजार ३ सय […]