कामको चाप वा व्यस्तताका कारण साताका कार्यदिनमा पर्याप्त निद्रा नपुगेको छ भने सप्ताहन्तमा एक–दुई घण्टा बढी सुत्नु मुटु र रक्तचापका लागि फाइदाजनक हुन सक्ने नयाँ अध्ययनले देखाएको छ। जर्मनीको म्युनिखमा आयोजित युरोपियन सोसाइटी अफ कार्डियोलोजीको वार्षिक सम्मेलनमा आइतबार प्रस्तुत अध्ययनअनुसार सप्ताहन्तमा सीमित समय अतिरिक्त सुत्ने व्यक्तिमा उच्च रक्तचापको सम्भावना कम देखिएको हो। दक्षिण कोरियाका ४० […]