न्युयोर्क — नेपालको बाढी प्रभावित क्षेत्रभन्दा हजारौँ किलोमिटर टाढा न्युयोर्कस्थित घरमा लक्ष्मी भट्ट छरिएका सूचनालाई आशामा बदल्ने प्रयासमा छिन्। अध्यागमनबाट बाहिरिएको अभिलेख, दुईवटा मोबाइल फोनका लोकेसन संकेत, जंगलमा मानिसहरू देखिएको सूचना र हेलिकोप्टर अवतरण गर्न नसकेको अवस्थाबीच उनी आफ्ना बेपत्ता आफन्तको खोजीको खबर पर्खिरहेकी छन्। नेपालले विनाशकारी बाढीपहिरोको सामना गरिरहेका बेला रसुवा जिल्लाको टिमुरे आसपासको […]