पोखरा। पृथ्वी राजमार्गअन्तर्गत विजयपुर खोलामा ग्रिडर लन्चिङका लागि दैनिक चार घण्टा सडक बन्द हुने भएको छ। पृथ्वी राजमार्गको पोखरास्थित विजयपुर पुलमा ग्रिडर लन्च गर्न आंशिक र पूर्ण रूपमा सडक बन्द गर्न लागिएको हो। यो समयमा वैकल्पिक मार्ग प्रयोग गर्न सवारीसाधनलाई आयोजनाले आग्रह गरेको छ। पुल निर्माणका लागि प्रिकास्ट र प्रि-स्ट्रेस प्रविधिको प्रयोग गरिएको छ। अहिले […]