काठमाडौँ। स्वास्थ्य सेवा विभागका तत्कालीन वरिष्ठ स्वास्थ्य प्रशासक डा. अर्जुन प्रसाद सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार डा. सापकोटा र उनकी पत्नीलाई समेत प्रतिवादी बनाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । सापकोटाले स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत रहँदा गैरकानुनी रुपमा आयआर्जन गरेको उजुरी अख्तियारमा परेको थियो […]