काठमाडौँ । सोमबार सेयर कारोबार साताको पहिलो दिन प्रि-ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १५.५७ अंकले घटेर २६६१.९७ विन्दुमा अडिएको हो। प्रि-ओपन सेसनमा ७३ वटा स्टक्सको २ करोड ९६ लाख ८० हजार ४७४ रुपैयाँमा सेयर खरिदबिक्री भएको छ भने जसमध्ये ३४ वटा स्टक्सको मूल्य बढ्दा ३३ वटाको घटेको छ […]