दोलखा- दोलखा जिल्लास्थति कालिञ्चाेक गाउँपालिकाको सुन्द्रावतीमा पछिल्ला दिनहरूमा एउटा प्राचीन भग्नावशेषले धेरैलाई अचम्ममा पारेको छ । जिल्लाको गाउँपालिका -९ अन्तर्गतको सुन्द्रावती कटुवाचौरको स्थानीय आँगेडाँडामा उत्खननको क्रममा प्राचीन शैलीको विसाल भवनको भग्नावशेष फेला परेसँगै धेरैको ध्यान तानेको छ। यहाँ प्राचीनकलामा निर्माण गरिएको भवनको पर्खाल, त्यसबेला प्रयोग गरिएका ढुङ्गा, जाँतो भेटिएको छ । संरचनाछेउमा चौतारी पनि फेला […]