घरजग्गा कारोवारमा असन्तुलन: किनबेच बढ्दा घट्यो बैंक कर्जा, ८ महिनामा ३२ अर्ब राजस्व

गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनपछि देशभर घरजग्गा कारोबारमा उल्लेख्य वृद्धि देखिएको छ । भूमि व्यवस्थापन विभागका अनुसार फागुनको तुलनामा चैतको पहिलो २१ दिनमै कारोबार ५२ प्रतिशतले बढेको छ । तर, यही अवधिमा वाणिज्य बैंकहरूको घरजग्गा क्षेत्रमा कर्जा लगानी भने घटेको तथ्यांकले देखाएको छ । यसले बजारको संरचनात्मक अवस्था असन्तुलित रहेको संकेत दिएको छ । […]