कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि बसाहा क्लबलाई

सुनसरी – पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि बसाहा क्लब उदयपुरले जितेको छ । इटहरीस्थित जनता कलेजको खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा बसाहा क्लबले लोहोरुङ् एफसी सङ्खुवासभालाई १–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै बसाहा क्लबले रु चार लाख चार हजार नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता लोहोरुङ् […]