अहिलेकै अवस्थामा हामी एमबीबीएस भर्ना लिन सक्दैनौं : डा ज्ञानेन्द्रमान सिंह कार्की (अन्तर्वार्ता)

उदाहरणका लागि, एउटा विद्यार्थीलाई साढे पाँच वर्ष पढाउँदा राज्यको लगानी ६० देखि ७० लाख रुपैयाँसम्म पुग्ने हाम्रो अनुमान छ। जुम्लाजस्ता ठाउँमा मेडिकल कलेज सञ्चालन गर्दा पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन र कर्मचारी टिकाइराख्न राज्यले ठूलो खर्च गर्नुपर्छ। निजी क्षेत्रले भने आफ्नै स्रोतसाधनबाट संस्था सञ्चालन गर्दै आएको छ र छात्रवृत्तिमा पनि योगदान गरिरहेको छ।