चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना विभिन्न दीर्घ तथा जटिल रोगबाट पीडित रहेका छन्। कारागार कार्यालयका अनुसार उनीहरू उच्च रक्तचाप, मधुमेह, क्षयरोग, मानसिक रोग, क्यान्सर तथा एचआईभी/एड्सलगायत रोगबाट पीडित छन्। दीर्घ तथा जटिल रोगीमध्ये उच्च रक्तचाप र मधुमेहका बिरामीको सङ्ख्या बढी छ। तथ्याङ्कअनुसार ४२ जनामा उच्च रक्तचाप र २२ जनामा मधुमेह […]