नेपाल टेलिकमले असोज ३० गतेदेखि ३० एमबिपिएस गतिको फाइबर इन्टरनेट वार्षिक ४ हजार ९९९ रुपैयाँमा उपलब्ध गराउने जनाएको छ। सरकारी स्वामित्वको कम्पनीले ‘फाइबर टु द होम’ (एफटीटीएच) सेवाअन्तर्गत नयाँ प्याकेज कार्यान्वयनमा ल्याएको हो। कम्पनीले एनटी फाइबर ग्राहकका लागि वाइफाई ६ प्रविधिसहित उच्च गतिका अन्य प्याकेजसमेत उपलब्ध गराउने जनाएको छ। टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार […]