डा. केसीको अल्टिमेटम आजबाट सकिँदै, माग पूरा नभए पुनः अनसन बस्ने चेतावनी

वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले सरकारलाई दिएको तीनबुँदे मागको अल्टिमेटम आज साउन ५ गते बाट सकिँदै छ। आफ्ना मागहरू आजभित्र सम्बोधन नभए विगतमा स्थगित गरिएको सत्याग्रहसहितका सशक्त आन्दोलनका कार्यक्रमहरू पुनः ब्युँताउने चेतावनी उनले दिएका छन्।