बैंकिङ कारोबार गर्ने सहकारी संस्थालाई नेपाल राष्ट्र बैंक (एनआरबी) को प्रत्यक्ष नियमनमा ल्याउन बैंकर्सहरूले सुझाव दिएका छन्। प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी नेपाल बैंकर्स संघ तथा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का प्रतिनिधिहरूले यस्तो धारणा राखेका हुन्। उनीहरूले सहकारी क्षेत्रमा विगतमा देखिएका समस्या […]