वैशाख २८ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

सरकारले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को दुवै सदनको बैठक आह्वान गर्ने निर्णय गरेको हो । उनका अनुसार, यही वैशाख २८ गते दिउँसो २ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस भएको हो ।