अमेरिकी सेनाकाे हवाई आक्रमणमा परी निधन भएका १५ जना अर्धसैनिककाे इराकमा अन्त्येष्टि

एजेन्सी। अमेरिकी हवाई आक्रमणमा मारिएका १५ ‘पपुलर मोबिलाइजेसन फोर्सेस’ (पीएमएफ) का सदस्यहरूको मंगलबार राति इराकको राजधानी बग्दादमा अन्त्येष्टि गरिएको छ । एक सुरक्षा स्रोतले पश्चिमी प्रान्त अन्बारमा मङ्गलवार सबेरै भएको उक्त आक्रमणमा मारिनेहरूमध्ये एक वरिष्ठ कमाण्डर समेत रहेकाे जनाएकाे हाे । पीएमएफले एक विज्ञप्ति जारी गर्दै उक्त आक्रमणलाई इराकी सार्वभौमसत्ताको घोर उल्लंघनको संज्ञा दिएको छ […]