लन्डन – बक्सिङ खेलका पूर्व विश्व विजेता रिकी ह्याटनको निधन भएको छ। उनी ४६ वर्षका थिए। ह्याटन उत्तरपश्चिम इङ्गल्याण्डको हाइडमा आफ्नो घरमा मृत फेला परेका हुन्। ग्रेटर म्यानचेस्टर प्रहरीले उनको मृत्युलाई शङ्कास्पद रूपमा नलिएको बताएको छ। “स्थानीय जनप्रतिनिधिले प्रशासनलाई आइतबार बिहान ६ः४५ बजे दिएको सूचनामा ४६ वर्षीय ह्याटन हाइडस्थित आफ्नै घरमा टेमसाइडमा मृत भेटिएको खबर […]