बञ्जरेडाँडावासीलाई कुलमानको आग्रह : अब फोहोर नरोक्नु, प्रतिबद्धता कार्यान्वयनमा गइसक्यो

मन्त्री घिसिङले मंगलबार आन्दोलनकारीलाई टेलिफोन गरी प्रतिबद्धता जनाइएका बुँदाहरू कार्यान्वयनमा गइसकेकाले फोहोर फाल्न अवरोध नगर्न र आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिन आग्रह गरेका छन्।