मनाङमा दुईसातामा सातजना पर्यटकको ज्यान गयो

दुईसाता अवधिमा हिमाली जिल्ला मनाङमा सातजना पर्यटकको ज्यान गएको छ। तीमध्ये दुईजनाको शव आइतबार फेला परेको छ। ज्यान गुमाएका मध्ये आइतबार शव फेला परेका भारतीय पर्यटक हिमपहिरोको चपेटामा परेको अनुमान छ। बाँकी पाँचजनाको भने लेक लागेर ज्यान गएको मनाङ प्रहरीले बताएको छ।