काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाविरुद्ध संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको छ । समितिले सोमबार सूचना प्रकाशित गर्दै प्रस्तावित न्यायाधीशविरुद्ध कुनै सूचना वा उजुरी भए १० दिनभित्र पेस गर्न आग्रह गरेको हो । गत २० असोजमा बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको […]