काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्। कांग्रेसको १५औं महाधिवेशनमा खतिवडाले खुलातर्फको सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । कांग्रेसमा निर्वाचनबाट खुलातर्फ दुई, खस आर्य, महिला, आदिवासी जनजाति, मधेसी, थारू, दलित, मुस्लिम, पिछडिएको क्षेत्र र अल्पसंख्यकमा एक–एक गरी ११ जना आउने व्यवस्था छ। चार जना सहमहामन्त्री सभापतिले मनोनीत गर्ने […]