अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरेको छ। नयाँ मूल्य बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको हो। निगमका अनुसार भारतीय आयल कर्पोरेशन (आईओसी)बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ १० पैसा, डिजेलमा २९ रुपैयाँ […]