बाढीले शनिबारदेखि ठप्प बीपी राजमार्ग खुल्यो

काठमाडौं– शनिबार साँझदेखि अवरुद्ध रहेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ । रोशी खोलामा आएको बाढीका कारण विभिन्न स्थानका डाइभर्सन बगाएपछि अवरुद्ध बनेको राजमार्ग मर्मत गर्न तीनदिन लागेको थियो । सोमबार दिउँसो साढे ३ बजेदेखि सवारी आवागमन पुनः सुरु गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ । बाढीका कारण चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, […]