जातीय भेदभाव र छुवाछूत अन्त्य गर्न दलित अगुवाहरूको माग

काठमाडौं– दलित अधिकारकर्मी तथा अगुवाहरूले दलित समुदायमाथि हुने जातीय भेदभाव तथा छुवाछूतलाई पूर्ण रुपमा अन्त्य गर्नुपर्ने जनाएका छन् । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा शनिबार काठमाडौंको माइतिघरमा संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले आयोजना गरेको ध्यानाकर्षण सभामा उनीहरूले अझै पनि जातीय भेदभाव कायमै रहेकाले पूर्ण रुपमा भेदभाव तथा छुवाछूतलाई पूर्ण रुपमा अन्त्य गर्नुपर्ने जनाएका हुन् […]