२०७९ सालको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाहेक नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रलगायत दलले अनुकूलताका आधारमा चुनावी गठबन्धन गरेका थिए। मुख्य दलबीच गठबन्धनमार्फत सत्ता सुनिश्चित गर्ने र मुख्य पदको बाँडफाँड गर्ने चलन नै स्थापित भइसकेको थियो। तर, जेन-जी विद्रोहपछि विकसित राजनीतिक परिदृश्यले दलहरूको गठबन्धन अभ्यासमा गहिरो प्रश्न उठायो। सत्ता सुनिश्चितताका नाममा हुने गठबन्धनले राजनीतिक कुसंस्कार, भ्रष्टाचार […]