फेरियो सिंहदरबारमा पार्किङको दृश्य : नियमविपरीत राखेका सवारी साधनमा ‘ह्विल लक’

काठमाडौं– सिंहदरबार परिसरमा नियमविपरीत पार्किङ गरिएका सवारीसाधनमाथि ट्राफिक प्रहरीले कडाइ थालेको छ । सिंहदरबारभित्र अव्यवस्थित पार्किङबारे चौतर्फी समाचार र आलोचना सार्वजनिक भएपछि ट्राफिक प्रहरी सक्रिय बनेको हो ।  आज दिउँसो खबरहबमा समेत सिंहदरबारमै ट्राफिक नियमको बेवास्ता हुने गरेको र फुटपाथदेखि सडकसम्म जथाभाबी पार्किङ गरेको तस्बिरसहितको समाचार प्रकाशित भएको थियो ।  तस्बिर : नेपाल फोटो लाइब्रेरी