परदेश गएपछि हुने रोमिङको लफडा

देश छाडेर परदेश लागेपछि सबैभन्दा पहिले टुट्ने कुरा के होला? घरको खाना? नेपाली भाषा? चिनजानका मान्छे? होइन, सबैभन्दा पहिले टुट्ने त मोबाइलको इन्टरनेट कनेक्सन पो रहेछ। नेपालबाट विमान उडुन्जेलसम्म मोबाइलमा इन्टरनेट हुन्छ। विमान अवतरण गरेपछि भने मोबाइलको स्क्रिनमा नेटवर्कको साटो अनेकथरी अपरिचित