प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री बालेन शाहले मध्याह्न १२ बजेका लागि बैठक आह्वान गरेका हुन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । बैठकमा एजेण्डा भने सार्वजनिक गरिएको छैन ।