अर्थतन्त्रको आकार डेढ सय खर्ब पुग्ला ?

आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब २० करोड रुपैयाँ (करिब ४६ अर्ब डलर) रहेको अवस्थामा पाँच वर्षमै करिब दोब्बर वृद्धि हुनेमा चुनौती छ। तर आगामी दिनमा सुशासन, स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धन, आर्थिक सुधार, रोजगारी सिर्जना, उत्पादन वृद्धि, पूर्वाधार आयोजनाको कार्यान्वयनलगायत विषयले लक्ष्य पूरा हुने/नहुने निर्धारण गर्नेछ।