नेपालको वर्तमान राजनीतिक क्षणलाई सामान्य सत्ता परिवर्तनका रूपमा मात्र बुझ्नु पर्याप्त छैन । यो केवल सरकार फेरिने घटना होइन, बरु यो नागरिक अपेक्षा, राजनीतिक संस्कार र शासनशैलीमा परिवर्तनको चाहनाको संकेत पनि हो । धेरै अर्थमा यो पुस्तान्तरणको संकेत हो । पछिल्लो जनादेशले केवल नयाँ नेतृत्व रोजेको छैन, यसले पुराना राजनीतिक शैली, सुस्त कार्यसंस्कृति र भाषणमूलक […]