समानुपातिकमा रास्वपाले कटायो ४० लाख मत : पाँचौँ हुन श्रम संस्कृति र राप्रपाबिच कडा टक्कर

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १३ लाख ४८ हजार १०० मत पाएको छ भने नेकपा (एमाले) ११ लाख ४१ हजार ५४५ मतका साथ तेस्रो स्थानमा छ। यी दुई पुराना दलहरू रास्वपाको तुलनामा निकै पछाडि देखिएका छन्। यस्तै, नेपाली कम्युनिष्ट पार्टी ५ लाख ८६ हजार ९५७ मतसहित चौथो स्थानमा छ।