काठमाडाैं । गण्डकी प्रदेशबाट प्रतिनिधिसभा सदस्य निर्वाचमा कास्की-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बिना गुरुङ विजयी हुनुभएकाे छ। समाजसेवा र व्यवसायको पृष्ठभूमिबाट राजनीतिमा होमिएकी बिना कास्की-३ बाट भारी मतका साथ विजयी हुनुभएकाे हाे ।मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासेले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार बिनाले ३७ हजार ७ सय ५० मत प्राप्त गर्नुभएकाे छ । […]