बुटवल। अमलेखगंजबाट रुपन्देहीस्थित भलवारी डिपोका लागि ल्याउँदै गरिएको पेट्रोलियम पदार्थ चोरी गदै गर्दाको अवस्थामा प्रहरीले दुईवटा ट्याङ्कर नियन्त्रणमा लिएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङबाट खटिएको टोलीले मंगलबार भैरहवास्थित सराफ आयल सेन्टरमा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा दुईवटा ट्याङ्कर नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार भलवारी डिपोका लागि अमलेखगंजबाट पेट्रोलियम पदार्थ बोकेर आएका ट्याङ्करहरू सराफ […]