भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गर्न पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीका प्रतिनिधि इस्लामाबादस्थित नेपाली दूतावास पुगेका छन्। राष्ट्रपति जरदारीको निर्देशनमा पाकिस्तानका पूर्वसिनेट अध्यक्ष सैयद नय्यर बुखारी र राष्ट्रपतिका प्रवक्ता मुर्तजा सोलांगीले नेपाली दूतावास पुगेर बाढी तथा पहिरोबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका हुन्। इस्लामाबादस्थित नेपाली दूतावासका अनुसार बुखारी र सोलांगीले […]