काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटस्थित माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजनाको सुरुङमा सम्भावित रूपमा फसेका व्यक्तिको खोजीका लागि नेपाली सेनाले उद्धार प्रयासलाई निरन्तरता दिएको छ। सुरुङभित्र मानिसहरू फसेको आशंकामा नेपाली सेनाको टोलीले आज बिहानैदेखि संरचना खन्ने तथा खोजी गर्ने कार्य अघि बढाएको हो। बिहान ९ बजे भैरवनाथ गणका थप १६ जना सैनिक […]