राष्ट्रिय सभा : मधेस प्रदेशमा गठबन्धनका चारै उम्मेदवार विजयी

जनकपुर। राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मधेस प्रदेशमा गठबन्धनका चारैजना उम्मेदवार निर्वाचित भएका छन्। आइतबार विभिन्न चार समूहका लागि भएको मतदानमा अन्यतर्फ जनता समाजवादी पार्टी (नेपाल) का संरक्षक महन्थ ठाकुर, महिलातर्फ नेकपा एमालेकी रेखा झा, दलितमा नेपाली कांग्रेसका धर्मेन्द्र पासवान र अपाङ्गता भएका/अल्पसंख्यक समूहतर्फका कांग्रेसकै रन्जित कर्ण निर्वाचित भए। जसपा नेपालका नेता ठाकुरले सात हजार ७२५ […]