सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९औं वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्ड एण्ड बैंक्वेटमा सम्पन्न भयो। बैंक सञ्चालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डेको अध्यक्षतामा बसेको सभाले आर्थिक वर्ष २०८१/८२ का वार्षिक प्रतिवेदन, वित्तीय विवरण तथा लेखापरीक्षकको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ। सभाले २०८२ आषाढ मसान्तसम्मको एकीकृत वित्तीय विवरण—वासलात, नाफा–नोक्सानी हिसाब तथा नगद प्रवाह विवरण—स्वीकृत […]