पूर्वाधार निर्माणको योजनामा वातावरणीय पक्ष समावेश गर्न संयोजक डंगोलको निर्देशन

काठमाडौं– काठमाडौँ महानगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डंगालले पूर्वाधार निर्माणको योजनामा वातावरणीय पक्ष समावेश गर्न निर्देशन दिएकी छन् ।  उनले आज जमल-कमलाछी-असन, भोटाहिटी-असन,असन-बालकुमारी-मच्छिन्द्र बहाल हुँदै इन्द्रचोकसम्म ढुङ्गा बिछ्याउने योजनाको अनुगमनका क्रममा पानी पुनर्भरण प्रणालीको कुरा गर्दै पूर्वाधार योजनाको ड्रइङ्, डिजाइनिङ, लागत अनुमान जस्ता प्रक्रियामा डिजाइनरले वातावरण तथा सामाजिक पक्ष समावेश गर्न निर्देशन दिएकी हुन् […]