धार्मिक पर्यटन प्रवर्द्धन र देशभरका तीर्थस्थलबीच सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित कात्तिक ८ देखि ३० गतेसम्म ‘मेची–महाकाली राष्ट्रव्यापी श्रीमुक्तिनाथ रथयात्रा–२०८३’ सञ्चालन हुने भएको छ। मुक्तिनाथबाट सुरु हुने २३ दिने यात्रा नवलपरासीको त्रिवेणीधामस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा पुगेर समापन हुनेछ। मुक्तिनाथपीठाधीश्वर स्वामी कमलनयनाचार्यको सङ्कल्पअनुसार आयोजना हुने रथयात्राले पूर्वदेखि पश्चिमसम्मका मठमन्दिर, आश्रम र तीर्थधामलाई जोड्ने आयोजकले जनाएको छ। स्वामी वासुदेव […]