अधिवेशनका बेला तँछाडमडाछ गर्ने, तर बैठकमा नआउने प्रवृत्ति मौलाएकोबारे शंकर पोखरेलको चिन्ता

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अधिवेशनको बेला तँछाडमछाड गर्ने, तर सकिएपछि बैठकमा नै नआउने प्रवृत्ति पार्टीमा मौलाएको बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्पर्क कमिटीद्वारा आइतबार काठमाडौँमा आयोजित रामनवमी तथा चैते दशैँ २०८१ को शुभकामनासहित पार्टीको जरा अभियान अन्तर्गत प्रशिक्षण कार्यक्रममा पोखरेलले पार्टी र नेताहरू खोजेको बेला भेटिनु पर्ने बताए । ‘भौतिक रूपमा […]