को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै ठोक्किएको हुन सक्छ, जसलाई हेर्नेबित्तिकै हाँसो आउँछ । हातमा चियाको कप, अनुहारमा कुनै बनावटीपन छैन र मन खोलेर हाँसिरहेका एक किशोर। फेसबुकदेखि इन्स्टाग्राम, टिकटकदेखि युट्युबसम्म विभिन्न मिम, रियाक्सन र हास्य भिडियोमा यो अनुहार बारम्बार देखिन्छ । इन्टरनेटमा यही अनुहारलाई धेरैले ‘लाफिङ ब्वाई’ भनेर चिन्छन् । […]