मौलिक भजनः कतै पुस्तान्तरण, कतै सङ्कटमा

बनेपा (काभ्रे), २० असोज। साँझ ढल्किँदै गर्दा काभ्रेपलाञ्चोकको ऐतिहासिक सहर पनौतीका पुराना गल्लीमा परम्परागत बाजाका धुन गुञ्जिन थाल्छन् । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीसम्मको चार महिना अर्थात् चतुर्मासमा यहाँका टोल–टोलमा धार्मिक तथा सांस्कृतिक रौनक देखिन्छ । साँझ परेपछि स्थानीयवासी भेला हुन्छन्, बाजागाजा बज्छन् र पुस्तौँदेखि चलिआएका भजनका धुनले पुराना बस्तीलाई जीवन्त बनाउँछन् । तर, पनौतीसँगै जोडिएको […]