वीरगञ्ज– प्रहरीले आज लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पर्साको वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकस्थित जय नेपाल होटलमा लागूऔषध बिक्री वितरण भइरहेको सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्युरो पर्साबाट खटिएको संयुक्त प्रहरी […]