ग्रान्डी सिटीमा अत्याधुनिक सुविधासहित एनआईसीयू विस्तार

ग्रान्डी सिटी अस्पतालले एनआईसीयूमा भर्ना भएका शिशुहरूका परिवारलाई उपचार प्रक्रियामा सहभागी गराउन विशेष जोड दिएको छ। 'हामी शिशुको रोग, यसको गम्भीरता र उपचार विधिबारे परिवारलाई विस्तृत जानकारी दिन्छौँ,' ज्योतिले बताए। परिवारलाई दिनमा दुईपटक एनआईसीयूमा भेट्न अनुमति दिइन्छ, जसले उनीहरूलाई शिशुको अवस्थाबारे जानकारी लिन र भावनात्मक सहयोग प्रदान गर्न सहज बनाउँछ।