ललितपुर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतले रिहा गर्ने आदेशसँगै नख्खु कारागार परिसरमा कार्यकर्ताको भिड लागेको छ। उच्च अदालत तुलसीपुर बुटवल इजलासले बिहीबार लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको छ। सहकारी ठगीसम्बन्धी कसुर र संगठित अपराध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई न्यायाधीशहरू वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले थुनामुक्त गर्ने आदेश गरेको हो। […]